Nepali Food Varieties
Fish:फिस बल -माछाको बरीसामग्री ः माछा १ किलो, अण्डा ५ वटा, हरियो केराउ -छोडाएको उसिनेर पिस्ने) १ कप, प्याज -मध्यम खालको मसिनो टुक्रा पार्ने) २ वटा, हरियो खुर्सानी -मसिनो टुक्रा) ३ वटा, लसुन -पिसेको) १ कल्ली, बेसार १-२ चिया चम्चा, खुर्सानीको धूलो स्वादअनुसार, नुन स्वादअनुसार, तेल २५० मिलिलिटर, रायो १ चिया चम्चा भुटेर पिस्ने, पीठो चार चम्चा ठूलो
जिरा -भुटेर पिसेको) १-२ चम्चा, धनियाँ -भुटेर पिसेको) १-२ चम्चा ।
विधि ः माछालाई राम्रोसँग धोएर एक लिटर पानीमा उमाल्ने । करिब १५ मिनट उसिनेपछि भाँडाको पानी निखारेर अलग्गै एउटा भाँडामा राख्ने र माछाको काँडा एक-एक गरी केलाउने । माछाको मासुमा तयार पारिएको मसलाको पेस्ट मिसाएर आवश्यक भए आधा कप पानी हाली मजासँग मिच्ने । मिक्स मासुलाई मःम जत्रै डल्ला बनाउने । अण्डालाई एउटा कचौरामा राम्रोसँग फिट्ने । कराहीमा तेल तताउने, मज्जाले तेल तातेपछि आगोको आँच सानो पारेर अण्डामा बल डुबाउँदै त्यही तेलमा ती बलहरू त्ाार्ने । यसलाई घरमै बनाइएको अचार वा सससँग खान सकिन्छ ।
फिस विथ भेजिटेबल -माछाको मिसमास तरकारी) सामग्री ः म्ााछा ५ सय ग्राम, च्याउ ५० ग्राम, हरियो सिमी -काटेर चिर्ने) १ सय ग्राम, कुरिला -चार टुक्रा पारेर काट्नेे) ४ वटा, प्याज मध्यम खालको २ एक मसिनो बनाएर र एक पिस्ने, रातो धूलो खुर्सानी १-२ चिया चम्चा, नुन स्वादअनुसार, बेसार १-२ चम्चा, तेल ३ चम्चा ठूलो, रायो १ चिया चम्चा भुटेर पिस्ने, मकैको पीठो १ चिया चम्चा, जिरा भुटेर पिसेको १-२ चिया चम्चा, धनियाँ भुटेर पिसेको १-२ चम्चा, गरम मसला पिसेको धूलो १-४ चार चम्चा ।
विधि ः प्रेसर कुकरमा तेल तताउने । तातेको तेलमा च्याउ, सिमी, कुरिलो हालेर २ मिनेट मधुरो आँचमा भुट्ने । यसमा पिसेको लसुन, पिसेको प्याज, बेसार, नुन, जिरा, धनियाँ, रातो खुर्सानीको धूलो हालेर मधुरो आँचमा फेरि २ मिनेट भुट्ने । गोलभेंडा हालेर फेरि २ मिनेटजति भुट्ने । एउटा कचौरामा २ कपजति पानीमा मकैको पीठो हालेर घोल बनाउने । त्यो घोललाई कुकरमा हाल्ने र विस्तारै चलाइरहने । ग्रेबी उम्लिएपछि एक-एक गरी माछाका टुक्रा हालिदिने र मधुरो आँचमा कुकर बन्द गरेर १५ मिनेटसम्म पाक्न दिने । अब कुकरको हावा खोलेर गरम मसला राखिदिने, गरम मसला हालेको एक मिनेटपछि निकाल्ने ।
फिस विथ सोया सस
सामग्री ः सिंगो एउटा माछा, १ केजीको, प्याज ३ वटा-एउटा पिस्ने र २ वटा मसिनो पारेर काट्ने), गोलभेंडा -चार टुक्रा पारेर काट्ने) १ सय ग्राम, लसुन -पिसेको) एक कल्ली, नुन स्वादअनुसार, जिरा -भुटेर पिसेको) १-२ चिया चम्चा, धनियाँ -भुटेर पिसेको) १-२ चिया चम्चा, रातो खुर्सानीको धूलो स्वादअनुसार, सोया सस १ चिया चम्चा टोमाटो केचप, २ ठूलो चम्चा तेल ३ ठूलो चम्चा ।
विधि ः कराहीमा तेल हाल्ने र त्यसमा काटेको प्याज रातो हुने गरी भुट्ने । काटेको गोलभेंडा हाली भुटेपछि त्यसमा पिसेको लसुन, प्याज, नुन, बेसार, जिरा, धनियाँको धूलो र खुर्सानीको धूलो हालेर दुई मिनटजति भुट्ने । सोया सस र केचप पनि हालिदिने अनि एक कप पानी हालेर सो ग्रेबी नउम्लिउन्जेलसम्म चलाउने । उम्लिएपछि अर्को एउटा भाँडामा निकालेर राख्ने । सोही कराहीमा अघि सफा गरेको माछा राख्ने र त्यसमा अघि पकाएको गोलभेंडाको रसिलो मिश्रणलाई माछाको पेट र सबैतिर फर्काइ-फर्काइ लगाउने । अब कराहीमा मिल्ने थालले छोपेर कम बाफ बाहिर आउने गरी १५ मिनेटजति सानो आँचमा पकाउने । पानी बाँकी नरहने गरी सुकाएपछि माछा खानका लागि तयार हुन्छ । माछालाई खानअघि तयार पार्दा सिंगो माछालाई किस्तीमा दुईतिरबाट मिलाएर निकाल्नुपर्छ । यसलाई पार्टी वा भोजका लागि एउटा नयाँ परिकारका रूपमा तयार गर्न सकिन्छ ।
फिस विथ कर्ड
सामग्री ः माछा ५ सय ग्राम सफा गरेर टुक्रा पारी काट्ने, प्याज मध्यम खालका ३ वटा २ वटा लामो पारेर काट्ने र एउटा काटेर पिस्ने, लसुन एक कल्ली छोडाएर पिस्ने, गोलभेंडा १ सय ग्राम ४ टुक्रा पारेर काट्ने, दही ३ चम्चा ठूलो, बेसार १-२ चम्चा, नुन १-२ चिया चम्चा, जिरा १-२ चम्चा भुटेर धूलो पार्ने, रातो ठूलो खुर्सानी १-२ चिया चम्चा, जिरा भुटेर धूलो पार्ने १-२ चिया चम्चा, धनियाँ भुटेर धूलो पार्ने १-२ चिया चिया चम्चा ।
विधि ः माछा काटेर राम्रोसँग धोएपछि एउटा भाँडामा निकालेर राख्ने । त्यसमा दही, नुन, पिसेको लसुन, पिसेको प्याज, जिराको धूलो, धनियाँको धूलो र रातो खुर्सानीको धूलो हालेर माछाका टुक्रालाई मज्जाले मोल्ने र आधा घन्टा छोपेर राख्ने । अब कराहीमा ३ चम्चा तेल हालेर तताउने, तेल तातेपछि प्याज र बेसार हालेर रातो हुन्जेलसम्म भुट्ने । काटेको गोलभेंडा राखेर फेरि दुई मिनट भुट्ने । त्यसमा मसलामा मोलेर राखेको माछा विस्तारै कराहीमा खन्याएर राम्रोसँग चलाउने र २० मिनेटजति छोपेर पकाउने । कुनै पनि माछाको परिकार धेरै चलाउनु हुदैन । यो सजिलै खँुडिन सक्छ ।
माछाको अचार
सामग्री ः सुकेको माछा २ सय ग्राम राम्रोसँग केलाउने, गोलभेंडा १ केजी टुक्रा पारेर काट्ने, लसुन एक कल्ली छोडाएर आधा पारी काट्ने, प्याज २ मध्यम खालको लामो पारेर काट्ने, अदुवा १ सानो टुक्रा लामो पारेर काट्ने, हरियो केराउ १ पाउ छोडाएर राख्ने, मुला २ सय ग्राम मसिनो लामो-लामो बनाएर काट्ने, अण्डा उसिनेर सेतो भाग सानो पारेर काट्ने, तेल ८ चम्चा, बेसार १-२ चम्चा, नुन स्वादअनुसार, जिरा र धनियाा २-२ चम्चा भुटेर पिसेको, हरियो खुर्सानी चारवटा बीचमा चिर्ने, रातो धूलो खुर्सानी १ चम्चा स्वादअनुसार, मेथी १ चम्चा ।
विधि ः केलाएको माछालाई २ मिनेटजति पानीमा उमालेर निकाल्ने । आगोमा कराही बसालेर ठूलो ४ चम्चा तेल हाल्ने । त्यसमा प्याजका टुक्रा हालेर रातो पारेर भुट्ने र फेरि अघिको सुकेको माछा हाली एकछिन भुट्ने । त्यसैमा अदुवा र लसुनका टुक्रा राखेर भुट्ने र त्यसलाई कचौरामा अलग्गै राख्ने । बाँकी रहेको तेल कराहीमा राखेर तातेपछि रातो हुन्जेल मेथी फुराउने, त्यसमा अघि काटेर राखेको टमाटर राखिदिने र बेसार, नुन, धूलो खुर्सानी, जिरा, धनियाँ आदि हालेर मज्जासँग चलाउनेे । त्यसमा ५ मिनटजति हरियो केराउ, काटेको मुला, अण्डाको टुक्रा, माछा र हरियो खुुर्सानी पनि हालेर चलाउने । अब आँच सानो पारेर गोलभेंडाको पानी नसुकुन्जेलसम्म पकाउने र लतक्क हुने गरी पाकेपछि निकाल्ने ।
Others:
१, - करेलाको भरुवा अचार ः
आवश्यक सामग्रीः
करेला -अलि ठूलो० १ के।जी।
भुटेको कलौंजी २५ ग्राम
भुटेको सोंप ५०ग्राम
भुटेको धनिया २००ग्ा्रम
भुटेको जिरा ५०ग्राम
खुर्सानी धुलो ५० ग्राम
खाने तेल ५०० मि।लि।
सुकाएको आंपको धुलो ५० ग्राम नभएमा कागतीको रस
करेला चिरेर भित्रको बियां निकाल्ने र माथिको मसलालाई छुट्टा छुट्टै भुटेर तयार गर्नु पर्छ ।,करेलाको बिया मसालामा मिसाएर पिस्नें र सबै मसला मोलेर करेलामा भर्ने त्यसपछि धागोले बांधेर तेलमा तल्ने । करेलाले खैरोरंग लिए पछि धेरै दिन सम्म खानमिल्ने करेलाको भरुवा अचार तयार भयो । यि सबै समाग्री तयार भएपछि सबै सामग्रीको मूल्य जोडने र शत प्रतिशत पारिश्रमिक जोडेर मूल्य निधारण गर्ने ।
२, - करेलाको अचार ः
आवश्यक सामग्रीः
करेला १ एक केजी
अदुवा १०० ग्राम
लहसुन १०० ग्राम
हरियो खुर्सानी १०० ग्राम
खाने तेल ५०० मि।लि।
सुकेको खुर्सानी,बेसार नून आवश्यकता अनुसार
बनाउने बिधिः करेलालाई ठिक आकारमा काट्ने ,अदुवा खुर्र्र्केर स्यानो स्यानो लाम्चो आकारमा काट्ने लहसुनको पोटी खोल्स्याएर आधा फक्लेटा गर्ने,त्यसै गरि हरियो खर्ुसानीलाई पनि स्यानो कत्रन गर्ने । करेलालाई एक पल्ट पानीमा पखालेर अलिकति नुन हालेर मिचेर पानी फाल्ने । त्यसपछि करेलामा सबै मसला मिसाएर मोल्ने नून अडकलेर हाल्ने । शिशिमा हालेर तेल हाल्ने र घाममा राख्ने एक हप्तामा खान मिल्ने हुन्छ यो अचार २।३ महिना सम्म पनि खान मिल्छ ।
२,भाण्टाको भरुवा अचार
आवश्यक सामग्रीः
-भाण्टा पोटीलो र कम्तिमा २ इन्चको भए राम्रो १ के।जी।
-भुटेको धनिया २०० ग्राम
-भुटेको जिरा ५० ग्राम
-भुटेको कलौंजी ५० ग्राम
-भुटेको सोंप ५० ग्राम
-आंपको सुकाएको धुलो ५० ग्राम वा खर्टाई वा कागतीको रस
सुकेको खुर्सानी,नुन,बेसार आवश्यककता अनुसार
खाने तेल ५०० मि।लि।
बनाउने बिधिः भाण्टा चिरेर भित्रको गुदी अलिकति निकाल्ने त्यस पछि माथिको मसला भुटेको सबै मिसाएर कुटेर भर्ने अनि करेला जस्तै तेलमा तल्ने ।
३,टमाटरको अचारः
यो टमाटरको अचारलाई तेल्लर पनि भन्ने गरिन्छ ।
-पाकेको टमाटर १ केजी।
-अदुवा १०० ग्राम
-लहसुन १०० ग्राम
-हरियो खुर्सानी ५० ग्राम
सुकेको खुर्सानी,बेसार र नून आवश्यक्ता अनुसार ।
अदुवा खोल्स्याएर स्यानो कत्रन गरेर काट्ने लहसुन र हरियो खुर्सानी पनि स्यानो कत्रन गरेर काट्ने टमाटरलाई स्यानो चोक्टा बनाउने ।
बनाउने बिधिः कर्ढाईमा खाने तेल तताउने अनि माथिको मसलालाई हल्का फ्राई गर्ने ,काटेको टमाटरलाई हाल्ने टमाटर राम्रो सित गलेपछि अचार तयार भयो यस्मा स्वाद फरक पार्न अलिकता चीनी राख्दा पनि हुन्छ ।
४,टोमेटो शश ः
पाकेको टमाटर २ के।जी।
र्साईट्रीक एसिड १० ग्राम
बनाउने बिधिः पहिला टमाटरलाई हल्का उसिन्ने त्यस पछि टमाटरको बोक्रा निकाल्ने । टमाटरलाई मिच्ने ,छ भने मिक्शचरले फेट्दा पनि हुन्छ ।
त्यस पछि टमाटरलाई मलमलको कपडाले छान्ने ।
खानेतेल तताएर अरु केहि मसला नहालेर हल्का आंचमा पकाउने आवश्यकता अनुसार नून हाल्ने चिनी १०० ग्राम हाल्ने । नहालेको स्वाद पनि बनाउन सकिन्छ ।
धेरै दिनसम्म टिकाएर बोतलमा हालेर राख्न प्रिजरवेटीभ औषधी हाल्नु पर्छ तर यो स्वास्थ्यको लागि लाभदायक हुन सक्दैन । बजारमा पाईने टोमेटो शश शुद्धता कति छ परिक्षण गरेपछि थाहा हुन्छ ।
टमाटरको यो शश बनाउन टमाटरको मौसममा सस्तो भएको बेलामा बनाउन सके अति राम्रो हुन्छ । शशलाई बोतलमा हालेर बन्द गर्ने मेशीन प्रयोग गर्न सके धेरै राम्रो ।
५,गोभी र मुलाको अचारः
आवश्यक सामग्रीः
- फूलगोभी ५ के।जी
- अदुवा १ के।जी।-खोल्स्याएर कत्रन बनाएको ०
- हरियो खर्ुसानी आधा के।जी
- मूला २ के।जी। खर्ुर्केर लाम्चो काटेको
- तोरी १०० ग्राम
- भुटेको धनिया २०० ग्राम
- भुटेको जिरा १०० ग्राम
- खाने तेल आधा लिटर
बेसार ,सुकेको धुलो खर्ुसानी नून आवश्यकता अनुसार
गोभी र मूलालाई स्यानो चोक्टा बनाएर हल्का ओईलाउने
तोरी,धनिया,जिरालाई छुट्टा छुट्टै भुटेर पिस्ने र अरु मसालालाई पनि गोभी र मूलामा मोलेर शिशीमा भर्ने । चांडै चूकीलो बनाउन अलिकति कागतीको रस मिसाउने अनि खाने तेल राखेर कम्तिमा १५ दिन घाममा राख्ने । यो अचार स्वाथ्य बर्द्धक र स्वादिष्ट हुन्छ ।
६,मूलाको अचारः
आवश्यक सामग्री ः
- मूला ५ के।जी
- भुटेको धनिया ३०० ग्राम
- भुटेको जिरा १०० ग्राम
- तोरी १०० ग्राम
- हरियो खर्ुसानी १ के।जी।
- अदुवा १ के।।जी।
नून ,बेसार,सुकेको खर्ुसानी धुलो
मूलालाई लाम्चो काटेर हल्का ओईलाउने भुटेको मसलाहरुलाई मोलेर शिशीमा भर्ने र खाने तेल सामग्री ड’व्नेगरि राख्ने अनि घाममा राख्ने ।
७,मसला बिहिन मूलाको सादा अचारः
बनाउने बिधिः मुला पाउने मौसममा मूलालाई लाम्चो छोटो काटेर पुष महिनाको बासी पानी संकलन गरेर पानीमा डुव्ने गरि काटेको मूला हाल्ने र नून र बेसार आवश्यक्ता अनुसार हाल्ने र घाममा राख्ने ७ दिन भित्रै मूलाको चुकिलो स्वादिष्ट अचार तयार हुन्छ ।
यस्मा महत्वपर्ूण्ा कुरा पुष महिना बाहेक अरु महिनामा मूलाको पानीमा हालेर अचार बनाउंदा चुकिलो हुंदैन ।
८,मेथीको अचारःयो स्वास्थ्य बर्द्धक र स्वादिष्ट अचार हो ।
आवश्यक सामग्रीः
- मेथी १ एक के।जी।
- अमीलोको झोल आधा लिटर
- अदुवा र हरियो खर्ुसानीको कत्रन
- सुकेको खुर्सानी,नुन,बेसार आवश्यक्ता अनुसार ।
बनाउने बिधि ःपहिला मेथीलाई भुट्ने र पिस्ने,कागतीको रस वा अमीलोको रसमा माथीको सबै मसला हाल्ने पिसेको मेथीलाई रसमा हाल्ने र तेल तताएर झान्ने । सुरुमा झोल जस्तो भएता पनि पछि पछि बाक्लो हुंदै जान्छ । यो स्वादिलो र स्वास्थ्यबर्द्धक हुन्छ ।
यो अचार धेरै दिन सम्म खान मिल्छ ।
९,मासुको अचारः
-फलमासु ३ केजी
-अमीलो वा कागतीको रस १ एक लिटर
-भुटेको मेथी ५० ग्राम
-भुटेको कलौंजी २५ ग्राम
-भुटेको सोंप २५ ग्राम
-टिमुर १० ग्राम
सुकेको खर्ुसानी,बेसार नुन आवश्यकता अनुसार
खानेतेल २ दुई लिटर
बनाउने बिधि ःपहिला मासुलाई पिस बनाएकोलाई तेलमा डुब्ने गरि तल्ने ।
मासुलाई तेलबाट निकालेर मसलालाई पनि फ्राई गर्ने ।
त्यस माथी माथिको सबै मसला हाल्ने र खुब मज्जा सित पकाउने खैरो कलर आएपछि मसला मासुमा राम्रो सित मिसिए पछि धेरै दिन सम्म शिशीमा बन्द गरेर राख्न मिल्ने मासुको अचार तयार भयो । पाकेको मासुको यो अचारलाई शिशिमा राख्ने र कांचो तेल पनि अलिकति राख्ने स्वाद राम्रो हुन्छ ।
१०,आंपको गल्का अचारः
-कांचो आंप ५ के।जी।
-भेली-खाने गुंड० ५ केजी
-भुटेको कलौंजी १५० ग्राम
-भुटेको सोंप १०० ग्राम
सुकेको खर्ुसानी,बेसार,नुन आवश्यकता अनुसार
खाने तेल २५० मि।लि।
बनाउने बिधिः पहिला आंपको बोक्रा ताछेर चार टुक्रा गरेर काट्ने ।
कलौजी र सोंपलाई छुट्टाछुट्टै भुुटेर राख्ने । तेल आधा लिटर जति तताएर खरिईसकेपछि मसला फर््राई गर्ने अनि गुंडं हालेर गल्नेगरि पकाउने त्यस पछि आंप हालेर राम्रो सित पकाउने आंपको चोक्टामा गुंड-भेली० प्रवेष गरे पछि गल्का अचार तयार भयो ।
यो गल्का अचार धेरै दिन सम्म खान मिल्छ ।
११,आंपको अचार ः
-कांचो आंप ५ के।जी।
-भुटेको धनिया ३०० ग्राम धुलो
-भुटेको कलौंजी ५० ग्राम धुलो
-भुटेको सोंप १०० ग्ा्राम
-भुटेको जिरा ५० ग्राम
-खाने तेल १ लिटर
सुकेको खुर्सानी ,बेसार,नुन आवश्यकता अनुसार ।
बनाउने बिधिःआंपलाई बोक्रा समेत चारटुक्रा गरेर काटन ।
माथिको मसला सबै मोलेर दुई दिन सुकाउने । शिशि वा प्लास्टीकको डिव्बामा भर्ने अनि खानेतेल हाल्ने र घाममा राख्ने । यो अचार १५ दिन पछि खान मिल्ने हुन्छ र यो अचार २।३ बर्षसम्म पनि राख्न हुन्छ । । अचार स्वादिष्ट हुने भनेको मसालाको मात्रा र बनाउने बिधिमा भर पर्नेहो ।
घाममा राखेर पकाउंदै समय समयमा तेल थप्दै जानु पर्छ ।
१२।फलफूलको जाम
जाम लाई रोटी वा पाउरोटीमा राखेर खान स्वादिष्ट हुन्छ । हाम्रो घर वरिपरि भएको फलफूललाई सदुपयोग गरेर स्वादिष्ट परिकार बनाएर प्रयोग गर्न सकिन्छ ।
आवश्यक सामग्री
फलफूल बिशेष गरि स्थानीय फलको बनाउन सके धेरे राम्रो हुन्छ ।
-जस्तै पाकेको आलुबखरा आरु,किमु ,पाकेको मेवा,स्याउ ,नासपाती,सुन्तलार् इत्यादी ।
-चिनी
- र्साईट्रीक एसिड
- खाद्य रंग
सम्बन्धि फलको वासना
माथिको दुई सामग्री नभए पनि केहि फरक पर्दैन तर उद्योगको रुपमा संचालन गर्न आवश्यक पर्छ ।
बनाउने बिधिः फलफूलको तौल जति हुन्छ त्यतिनै चिनी आवश्यक पर्छ ।
उदाहरणको लागि २ के।जी।आरु छ भने २ केजी चिनी चाहिन्छ । फलफूलको बराबर चिनीलाई तिन भाग गरेर एक भाग फलमा मिसाएर केहि बेर पकाउने अनि बांकि रहेको चिनी पनि मिसाएर पकाउने बाक्लो भए पछि थोरै र्साईट्रीक एसिड मिसाउने त्यस पछि खाद्य रंग पनि मिसाउने । त्यस पछि छ भने एसेन्स-वास्ना० मिसाउने ।
फलफूलको बाहिरको बोक्रालाई ताछ्नु नित्तान्त आवश्यक पर्छ । अर्थाथ गुदी मात्रै हुनर्ुपर्छ । ताछेको फलफूललाई स्यानो स्यानो टुक्रा गर्ने । कोरेसोमा कोरेपनि हुन्छ । झोलिलो पदार्थ हो भने मलमलको कपडाले छान्ने । जस्तै सुन्तलाको जाम बनाउन लागेको हो भने गुदीलाई राम्ररी मिचेर छान्नु पर्छ । अब चिनीको चास्नीमा फलफूल हालेर पकाउने ।
तब सम्म पकाउने जबसम्म फलफूल र चिनी एक हुंदैन । जाम राम्ररी जम्न फलमा पेक्ट्रीन भन्ने फलमा उपलव्ध हुन्छ । गुलीयो पदार्थमा अमिलो मात्र कम हुने हुंदा बाहिर बाट थप्नुपर्ने आवश्यक्ता हुन सक्छ ।
जाम तयार भएको परिक्षण गर्न पाकि रहेको जामको झोल महको रुपमा देखिनुपर्छ र अलिकति चम्मचमा लिएर एक गिलास पानीमा धार हुनेगरि खसाल्ने जाम पानीमा नमिसिएर तल बसेमा राम्रो जाम तयारभयो । यदि पानीमा मिसिएर छित्रियो भने पकाउन पुगेको छैन । यस्मा धेरै दिन सम्म राख्न मिल्ने प्रिजरभेटीभ मिसाएमा राम्रै हुन्छ । पाकेको जाम सेलाए पछि मह जस्तै हुन्छ रोटीमा चोपेर खान बडा मज्जा आउंछ । जाममा खान मिल्ने रङ्ग पनि राख्न सकिन्छ र सुुगन्धको लागिपनि एसेन्स हाल्न सकिन्छ । चिनीमा जाम पाक्दै गर्दा केंवडा हालेमा सुगन्धित हुन्छ । पलमा पेक्ट्रीन जांच्न पनि सकिन्छ एउटा डाडुमा फलको रस अथवा भनु सुन्तलाको रस त्यसमा शुद्ध रक्सी वा अल्कोहल राख्दा ढिक्का भयो भने राम्रो नत्र छरियो भने पेक्ट्रीन कम रहेछ भनेर बुझनु पर्छ ।
मौसम अनुसार फलफूलको जाम बनाएमा जामको मूल्यलाई उपभोक्ताले उपभोग गर्न गाह्रो मान्दैनन् ।
अब जामको मूल्य कति हुन्छ त एकसय रुपैया किलो भन्दा धेरै हुंदैन । सामग्रीको मूल्य कति भयो भनेर परिक्षण गर्न उदाहरणको लागि चिनी १ क।ेजी।को मूल्य,फल १ के।जीको मूल्य,अरु सामग्रीको मूल्य,स्टोभमा पकाएको भए मट्टीतेलको मात्राको मूल्य त्यस पछि सामग्री तयार भएपछि कति तौलको भयो । त्यो परल मूल्य भयो अब त्यस्मा मेहनतको मूल्य थपेमा मूल्य निस्कन्छ । अब बजारमा पाईने बिभिन्न किसिमको जाम को मूल्य सित तुलना गर्ने । यस्लाई उद्योगको रुपमा खेर गएको समयलाई अर्थमा परिवर्तन गर्न सकिन्छ ।
१३।मस्यौरा
आज भोली मस्यौराको तरकारी चर्चित रहेकोछ । मस्यौरा बनाउन त्यति कठीन पनि छैन र घरेलु उद्योगको रुपमा महिलाहरु मिलेर समयलाई अर्थमा परिवर्तन गर्न राम्रो उद्योगको रुपमा लिन सकिन्छ । मस्यौराको ठूलो उद्योग पनि भारतमा भएको देखिन्छ । लखनउको पन्जाबी मस्यौरा चर्चित रहेकोछ । हामीले पनि स्थानीय श्रोत साधनको परिचालन गरेर पौष्टिक र स्वादिष्ट मस्यौरा तयार गर्न सक्छौं । यद्यपि हामीले गाउंघरमा बनाएर उपभोग नगरेको होईन तैपनि बिशेष प्रकारले बनाएका खण्डमा बेरोजगार भएर बस्नु पर्ने अवस्था हुंदैन ।
१,सादा मस्यौरा बनाउने बिधिः मस्यौराको लागि सबैभन्दा महत्वपूर्ण खाद्य पदार्थ मास हो । मासलाई रातभरी भिजाएर बोक्रा मिचेर फाल्ने । र मसीनो गरेर मिक्सचरमा पिस्ने ।
उद्योगको लागि मास पिस्ने ग्राण्डर पनि व्यवस्थागर्न सकिन्छ ।
अन्य आवश्यक सामग्री
२, कुविण्डोलाई कोरेसोमा कोरेर मसीनो पार्ने ।
यि दुईलाई बराबर मिसाएर मोल्ने अलिकति तयारी स्वादको लागि नून हाल्ने । स्यानो स्यानो डल्ला बनाएर शोलार ड्रायरमा वा कपडामा माथि राखेर घाममा सुकाउने ।
५० ग्राम वा १०० ग्रामको तौल गरेर प्लास्टिकमा भर्ने ।
सादा मस्यौरा तयार भयो । यस्तो मस्यैारा खुद्रा मुल्य प्रति के।जी। १५० देखि २०० सम्म बिक्री हुने गरेकोछ ।
कुविण्डो नपाएको खण्डमा ठूलो पिंडालु मिसाउन सकिन्छ तर कुविण्डोको भन्दा यो स्वादिष्ट र मूल्यमा बढी हुन्छ ।
२ ख, कांचो मेवा कोरेसोमा कोरेर मसीनो बनाउने
२ ग, ठूलो पिंडालु कोरेसोमा कोरेर मसीनो पार्ने।
बिशिष्ट प्रकारको मस्यौरा बनाउन निम्न सामग्री मिसाएमा स्वादमा धेरै फरक हुन्छ ।
३,मरीच ४,जिरा ५,हिंग ६,धुलो खुर्सानी
कुविण्डो मसीनो गरि पेल्ने मेशीन पनि बजारमा पाईन्छ ठूलो उद्योगको रुपमा स्थापना गर्न ।
१४।मासको पापड
आवश्यक सामग्रीः
-मासको पिठो १ के।जी।
-मुंगको पिठो १ के।जी।
-मरीच ५० ग्राम
-खाने सोडा ८० ग्राम खाने तेल,
-जीरा ५० ग्राम र हिंग १० ग्राम हिंग
बनाउने बिधिः मासको पिठो र मुंगको पिठो यदि मुंगको पिठो नभए मैदा मिसाउन पनि सकिन्छ । पानी र माथिको सामग्री हालेर पिठो मुछ्ने । त्यस पछि लस्सा आउने गरी कुट्ने २० मिनेट जति छोपेर राख्ने फेरि एक पटक मुछ्ने र स्यानो डल्ला बनाएर बेल्ने पातलो रोटी जस्तो भए पछि घाममा सुकाउने । पापड तयार भयो । सादा पापड बनाउन पनि सकिन्छ । उद्योगको रुपमा संचालन गर्न बेल्ने मेसीन पाईन्छ ।
यो पापड स्वादिष्ट हुनुको साथै प्रोटीनयुक्त पौष्टिक पनि हो ।
१५।क० आलुको पापडः
आलुको पापड पनि स्वादिष्ट हुन्छ ।
बनाउने बिधिः
१- आलुलाई उसिन्ने बोक्रा छोडाएर मैदा मुछे झैं मुछ्ने ।
२- १०० ग्राम जति मैदा मिसाउन पनि सकिन्छ ।
- त्यस्मा अलिकति नून र ज्वानो मिसाउने र हिङ्गपानी र मरीचको धुलो वा स्यानो कप्टेरा पारेको मिसाएर रोटी बेले झैं बेलेर सुकाउने ।
आलुको पापड तयार भयो । आलुको मौसम भएको समयमा आलुलाई सस्तोमा भण्डार गर्न सकेमा धेरै राम्रो हुन्छ ।
ख० आलुको चिप्स ःआवश्यक रसायनिक मरमसलाहरु ः
-पोटासियम मेटाबाई सल्फाईट,नुन,तेल,र्साईट्रीक एसिड र अन्य मसला ।
बनाउने बिधिी ः आलु राम्रो छान्ने र सफा गर्ने बोक्रा खोल्स्याउने वा ताछ्ने कोरेसोको माध्यम बाट चाना पार्ने अनि पखाल्ने आलुमा भएको गुलियोपना हटाउन ३।४ पल्ट पखाल्नुपर्छ । त्यस पछि बफाउने । बफाएको आलुको चानालाई मलमलको कपडामा पोको पारेर उम्ली रहेको पानीमा ३ मिनेट जति डुबाउने । पाक्न दिने होईन नि । अब सल्फाईटीङ्ग गर्ने भनिन्छ तर यो उद्योगको लागि आवश्यक पर्छ अनिवार्य । ०।५ प्रतिशत पोटासियम मेटाबाई सल्फाईट मिसाएको पानीमा आधा घण्टा जति डुबाउने । अनि पानी निथार्ने र सुक्न दिने । घाममा सुकाउने शोलार ड्रयर भए धेरै जाति ।
ग० आलुको रसबरीः
सामग्रीः १ के।जी।आलु ,१ के।जी। चिनि,१ के।जी।घीउ वनस्पती भए पनि हुन्छ । ५० ग्राम मैदा ।
बनाउने बिधिःसबै भन्दा पहिला चिनीको चास्नी तयार गर्ने । त्यस पछि उसिनेको आलुको बोक्रा छोडाए पछि नरम हुनेगरि मैदा मिसाएर पिठो मुछे जस्तै मुछ्ने स्यानो डल्ला बनाएर घीउमा तल्ने गाहा् खैरो कालोपन आए पछि चास्नीमा डुबाउने । आलुको रसबरी खानलाई तयार भयो ।
१६।तोफु -९भटमासको पनीर०
यो तोफु चीनबाट निस्केको एक किसिमको पोष्टिक खाद्य पदार्थहो । यो भटमासबाट तयार हुने हुंदा प्रोटीनयुक्त पौष्टिक पदार्थ हो । हामीले भटमासलाई कसरी प्रयोग गर्ने गरेका छौं र कसरी प्रयोग गर्न सक्छौ ।
भटमासलाई रातभरी भिजाउने अर्थात २४ घण्टा भिजेपछि बोक्रा छोडाउने खालको हुन्छ ।
भटमासको बोक्रा छोडाएपछि यसलाई मसीनो गरि ग्राण्डर मिक्सचरमा पिस्ने ठूलो उद्योगमा पिस्ने मेशीन हुन्छ ।
मसीनो पिसि सकेपछि पानी मिसाउने । एक किलो भटमासमा दुई तीन लिटर पानी ।दुध मात्रै प्रयोग गर्नेहो भने १ कीलो भटमासको ५ लिटर दुध तयार हुन्छ ।यस प्रकार कांचो दुध तयार भयो । त्यस पछि दुध पकाए जस्तै पकाउने ।
तर बस्ने गरि पाकेपछि कुराउनीको रुपमा पकाए पनि हुन्छ । दुधलाई चीयाको लागि प्रयोग गर्न सुकमेलको दाना पिसेर दुध पकाउंदा हाल्नु पर्छ ।
भटमासको दुधमा तोफु बनाउन अमीलोको रस मिसाउंदै चलाउंदै जाने । दुध फाटे जस्तै चोक्टा छुट्टीन्छ ।
चोक्टालाई मलमलको कपडामा छान्ने र पानी निथ्रिने गरि गह्रुंगो बस्तुले थिचेर राख्ने ।
चोक्टामा भएको पानी निस्कि सकेपछि चीसो पानीमा डुबाउने । तोफु अर्थात भटमासको पनीर तयार भयो ।
स्यानो स्यानो चोक्टा गरेर फ्राई गरेर तरकारीमा मिसाएर खान सकिन्छ । यसलाई उद्योगका रुपमा संचालन पनि गर्न सकिन्छ । ठूलो शहरहरुमा यो घरेलु उद्योगको रुपमा संचालित भएको पाईन्छ ।भटमासको दुधको दही पनि बनाउन सकिन्छ । दुध तयार भएपछि दहीको जोड्न हाले पछि दही जम्छ ।
तोफुको बारेमाःचीनमा एकताका भोकमरी भएको थियो रे खाद्यान्नको अभाव भएको बेला भटमासको खेती भने राम्रो थियो । एउटा परिवारले भटमासलाई खाने तरिकामा परिवर्तन गरेर दुधको रुपमामा खान थालेछन् । दुध फाटेर चोक्टा भए पछि पनीरको रुपमा बनाएर झोल बनाएर न थालेछन् । यही तरिका पछि गएर तोफुको रुपमा चर्चित भयो । आजभोली पनि चीन जापानमा तोफुको ठुलठुला उद्योग रहेको पाईन्छ । अहिले नेपालमा पनि चलन चल्न थालेकोछ ।
यो तोफु प्राटीनयुक्त स्वास्थ्य बर्द्धक भएको हुनाले गर्भवती महिला,दुध ख्वाउने महिला, दुध पिउने सुप बनाएर खानाले आमा र बच्चालाई पोषीलो हुन्छ । तोफुलाई जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ ।
१७।भटमासको बर्फीः
भटमासको कुरौनी तयार भएपछि चिनीको चास्नी मिसाएर जमाई दिने । यस्मा कांचो भटमासको अलि गन्ध आउने भएको हुंदा सुक्मेलको धुलो मिसाउंदा राम्रो हुन्छ ।
१८।लालमोहन बनाउनेः यो लाल मोहन लाई रसभरी पनि भन्न सकिन्छ ।
आवश्यक सामग्री ः
- खुवा १ किलो
- १किलो छेना -फटाएको दुधको चोक्टा०
- १००ग्राम मैदा ।
- चिनी २ के।जी।को चास्नी
बनाउने बिधिः सबै भन्दा पहिला चिनीको चास्नी तयार गरेर राख्ने । चिनीको चास्नी तयार गर्न १ किलो चिनीमा २ लिटर पानी हालेर पकाउने चिनीको मैलो काट्न दुधको अलि अलि झोल र्छकने मैललाई निकाल्ने अनि चास्नी र्छलङ्ग हुन्छ ।
खुवा,छेना र मैदा राखेर मोल्ने एकैमा मिसिए पछि स्यानो स्यानो डल्ला बनाएर बनस्पती घीउ वा राम्रो घीउमा कालो हुन्जेल तल्ने अनि चास्नीमा डुबाउने ।
१९।मःमः आज भोली चलन चल्तीको खाजा हो । भन्न सजिलो भए झैं बनाउन तरिका नजानेमा मःम स्वादीलो हुदैन । मःम केको बनाउने मासुको वा हरीयो तरकारीको ।
ल तरकारीको-शाकाहारी० मःम बनाऔं है ।
आवश्यक सामग्री ः १ के।जी बन्दागोभी ,आधा के।जी गाजर,१ के।जी।प्याज ,आधा के।जी।केराउ -भरिसक्य हरीयो० २०० ग्राम हरीयो खुर्सानी,२०० ग्राम लहसुन,१०० ग्राम अदुवा,बेसार, नुन मैदा र आधा केजी सोया बिन ।
सुप वा चटनी को लागि टमाटर,तील ।
बनाउने बिधि ः बन्दा ,गाजर प्याजलार्इृ स्यानो काटेर हरीयो केराउ वा भिजाएको केराउ मिसाउने हरीयो खर्ुसानी मिसाएर भएमा मम्फलीको दाना मिसाउंदा पनि स्वादमा फरक हुन्छ । सोयाबिनको चोक्टाहरु पनि मिसाउन सकिन्छ शुद्ध घिउ पनि स्वादको लागि मिसाउने ,अलिकति अजिनो मोट्टो
मैदालाई राम्रो सित मुछेर डल्ला बनाई बेलेर स्यानो गोलाकार रोटी जस्तै बनाएर त्यस्मा एक चम्चा माथिको तयार पारेको सामग्री राखेर कलात्मक तरिकाले मुज्याउने अनि मःम बनाउने भांडोमा अलिकति तेल मलेर मःम मिलाएर राख्ने अनि बफाउने । राम्रो सित पाकेको थाहापाउन भांडोको ढकनी हटाएर हेर्दा सरर सुकेकोछ भने मःम पाक्यो । टमाटर वा तीलको चट्नी सित खाने ।
२० झिंगे माछाको अचारः यो अचार बर्मेली स्वादको अचार हो ।
आवश्यक सामग्री ः २५० ग्राम झिंगे माछा
१०० ग्राम लहसुन
१०० ग्राम प्याज
२५ ग्राम सुकेको खुर्सानी
१ लिटर खाने तेल नुन स्वाद अनुसार
बनाउने बिधिः माथिको सबै सामग्री एक एक गरेर तेलमा तल्ने । त्यस पछि छुट्टा छुट्टै कुट्ने अथवा ग्राण्डर मिक्सचरको सुबिधा भएमा मिक्सचरमा पिस्ने त्यस पछि सबैलाई एकैमा मिसाउने । यो बर्मेली झिंगे माछाको स्वादिष्ट अचार तयार भयो ।
नेवारी परिकार
२१, समेबजीः च्यूरा,भुटेको भटमास,भुटुवा,तारेको सिद्रा माछा र छ्वेला यो सबे समिश्रणनै समे बजी हो । नेवार संस्कारमा अत्यावश्यक परिकार हो ।
बनाउने बिधि ः माथिको सामग्रीमा बिशष स्वादिलो परिकार
छ्वेला ः आवश्यक सामग्रीः फल मासु १ केजी
लहसुन २५० ग्राम
अदुवा २५० ग्राम
सुकेकोखुर्सार्नी १५ ग्राम
नुन स्वाद अनुसार
बेसार ,मेथी
खाने तेल
छ्वेला बनाउने बिधिः फल मासुलाई उसिन्ने । माथिको मसला पिसेर तयार भए पछि उसिनेको मासुलाई ठिक्क चोक्टा तयार गरेपछि मसला हालेर कांचो तेल हाल्दै मोल्ने । मास’ नरम भए पछि मेथी प्काएर झान्ने र फेरि हल्का मोले पछि छ्वेला तयार भयो ।
२२, वः मरीः नेवारी खानामा यो पनि बिशेष परिकारको अत्यावश्यक रोटी हो । नेपालीमा यस्लाई बारा भनिन्छ । व मरी पनि तनि थरिको बनाईन्छ । १,सादा २,अण्डा राखेर ३ मासु राखेर ।
आवश्यक सामग्री ः १ केजी मास , १०० ग्राम लहसुन,५० ग्राम अदुवा,हल्का खर्ुसानी,स्वाद अनुसार नुन । खाने तेल
बनाउने तरिका ः भिजाएको मासलाई बोक्रा छोडाएर पिस्ने र माथिको मसला मिसाउने । तावामा तेल तात्तिएपछि पिसेको मासको डल्लालाई तावामा राखेर खैरो हुनेगरि पकाउने । त्यस्तै गरेर अण्डा मासको डल्ला बिचमा राखेर बनाईन्छ यस्लाई खें वःमरी भनिन्छ भने र मासुको किमा राखेर पनि बनाएकोलाई ला वःमरी भनिन्छ ।
रुघाले सतायो ? यसो गर्नुहोस्
डा. अरुणा उप्रेती – संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् ।
रुघाको लागि झण्डै २ सय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् । घरमा वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । अझ प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने सम्भावना बढी हुन्छ ।
रुघा लागेको व्यक्ति कोठाका झ्याल–ढोका लगाएर बस्दा जीवाणुहरू त्यही“ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकाले यसको विरुद्ध खोप तयार पार्न पनि गाह्रो छ ।
संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुनेगरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एण्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रुघा निको पार्ने औषधि छैन । यसले ठूलै समस्या नल्याओस् भन्नका लागि केहि रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसकेपछि पनि केहि साधारण उपाय अपनाउन सकिन्छ ।
रुघा लागेको व्यक्तिको संसर्ग नगर्ने :
रुघा लागेका व्यक्तिको नजीक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसै गरी रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहु“दैन ।
भिटामिन सी :
अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ । भिटामिन सीले शरीरको रोगस“ग लड्ने शक्ति बढाउँछ ।
आराम र पानी :
रुघा लाग्नुभन्दा अघि धेरै जना नाक र घा“टीमा के–के खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ ।
पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिशाबबाट चा“डै बाहिर निस्कन्छन् । पानी पिउन मन नलागे तरकारीको तातो सूप प्रशस्त मात्रामा पिउनुपर्छ । रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई चाहिने केहि पोषण तत्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा शारीरिक रूपमा धेरै थाक्ने काम चाहि“ गर्नुहुन्न ।
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर घा“टीमा गारगल (कुल्ला) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५–६ चोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेला कुल्ला गर्नुपर्छ । यसले घा“टीको दुखाइ र सङ्क्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ ।
मह र कागती :
घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनओटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले थोरै भएपनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केहि कम गर्छ । धेरैले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवा पानीको भिन्नै का“ढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
तातो पानीको वाफ :
सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ ।
पानी उमालेर वाफ लिन पनि सकिन्छ । कतिपयले पानीमा बास्ना आउने सञ्चो या टिञ्चर बेञ्जिन पनि हाल्छन् । यसरी वाफ लिँदा नाकमा बास्ना आई सु“घ्न आनन्द आउने र वाफले नाक खोल्ने हु“दा सास लिन सजिलो हुन्छ ।
औषधि
रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन, तर टाउको दुखेको, जीउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोल जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ । यसले आराम पुर्याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जीउलाई धेरै आराम हुन्छ ।
घरेलु औषधि :
तुलसीको पात र दानालाई २–३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले धेरै फाइदा गर्छ । घरैमा पाइने तुलसीको पात आजकल चियाका रूपमा पनि बजारमा आउन थालेको छ ।
डा उप्रेतीको पुस्तक 'आफ्नो स्वास्थ्य आफ्नै हातमा'बाट