मेरा केही रचनाहरू
भाई टिका
====== मेरै लागी भनेर तिम्रो बगैचा भरी
मक्खमली र सयपत्री फूलाएउ दिदिबहिनी तिमीहरूले
मेरै लागी भनेर सप्तरंगी टिका लिएर आएऊ तिमीहरूले
नियालेर क्षितिज पारी हेर्दा, मायाको धागोमा माला उनिरहेका रहेछौ
सयपत्री, गोदावरी, मखमली फुलका माला झुंडाएर कोठा सिंगारेका रहेछौ
मेरो दिर्घायुको लागी कहिले नसुक्ने तेलको रेगी लगाई ओखर फोरेऊ तिमी हरुले
ओखर फुटेको आवाजले म निंद्रा बाट झसंग ब्युझिए
,
खोजे सप्तरंगी टिका र मखमली फुलको माला, हराए अनी अलमलिए आफैमा
ठीकै छ !!! मैले सप्तरंगी टिका खोजे, तिमीले निधार खोजेऊ,
मैले आशिस खोजे, तिमीले दाजू भाईको माया खोजेऊ
अब , उतै बाट कल्पनाको धागोमा आशिषको माला उनेर उपहार पठाईदिनु
भाई टिकामा दाजू भाई सम्झी सम्झी आँखा बाट आंसू नरसाइदिनु
-बिष्णुहरि भण्डारी
====================================================खोजे सप्तरंगी टिका र मखमली फुलको माला, हराए अनी अलमलिए आफैमा
ठीकै छ !!! मैले सप्तरंगी टिका खोजे, तिमीले निधार खोजेऊ,
मैले आशिस खोजे, तिमीले दाजू भाईको माया खोजेऊ
अब , उतै बाट कल्पनाको धागोमा आशिषको माला उनेर उपहार पठाईदिनु
भाई टिकामा दाजू भाई सम्झी सम्झी आँखा बाट आंसू नरसाइदिनु
-बिष्णुहरि भण्डारी
====================================================
आँसू निचरेको सिरानी
=============
=============
थोरै र धेरै को खाडल पुर्न खोज्दा
निथ्रुक्क भएर बसेका ती इच्छाहरुलाई पूरा गर्न खोज्दा
घण्टा घर र धरहरा भन्दा अग्ला गगनचुम्बी महलहरु मा बसेर
अलिकती क्षितिजमा हेर्दा समुन्द्र छालमा पनि यी आँखाहरु कहिले पनि रमायन
यी गोरो हुने सपना बोकेका ती अनुहार हरु
प्रकृतिलाइ माया गर्ने यी भावनाहरू
हरिया फांटहरु , हरिया पहाड़हरु र हरिया दिन हरु लाई सर्लाक्क तोडर
सात समुन्द्र पारीको सुनौलो फाटहरुमा गोरु र हेलो बिना नै
खेतका फाटहरु जोतिरहेछ .
म बाहुसे बनेको छू .
त्यों बाहुसे गर्ने काम घाम अस्ताउदा थोरै रोकियेला
तर फेरी घाम उदाउन नपाऊदै कोदाली हात मा लिएर जानू नै छ
एक्लो बाहुसे घाम अस्ताउदा खेरी को मुस्कान अली फेरिएको छ
तर फेरी भोली बाहुसे हुने दिन को प्रतिक्ष्यामा एक पहर निद्रा बित्न नपाऊदै
न भाले बासेको सुनिन्छ न कोहिली कराएको सुनिन्छ
तर पनि आध्यारोमा टलकने ढुंगाहरु खोज्दै यात्रा जारी राख्नु नै छ
बिहान उठेर सिरानी निचोर्दै बेलुकीको लागि तेहि सिरानी साथी बनाउनु नै छ
बिष्णुहरि भण्डारी
No comments:
Post a Comment